दुध किसानहरुमाथी प्रहरीको दमन, सयौं किसान पक्राउ

५ असार २०८१, बुधबार १०:४३

काठमाडौं । दुध बिक्री गरेबापतको रकम भुक्तानीको माग गर्दै प्रदर्शन गरेको किसानमाथी प्रहरीले दमन गरेको छ । बुधबार उक्त भुक्तानीको माग गर्दै दुग्ध विकास संस्थानको केन्द्रिय कार्यालय घेराउ गर्ने क्रममा उनीहरुमाथी प्रहरीले अनावश्यक रुपमा बल प्रयोग गरेको पाईएको हो ।

दुध उत्पादक किसानहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दूधको भुक्तानी पाउँन बाँकी रहेको भन्दै बाँकी रकम भुक्तानी गर्न माग गरेका छन् । विरोध प्रदर्शनको क्रममा प्रहरीले सय जनाभन्दा बढी किसानलाई पक्राउ गरेको छ ।

भुक्तानी लगायत विभिन्न माग सहित पटक–पटक गरेको सम्झौता समेत कार्यान्वयन नभएको उनीहरुको आरोप छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*