संकटग्रस्त तीन वटा सहकारीका बचतकर्ताको रकम फिर्ता

५ असार २०८१, बुधबार १०:२२

काठमाडौँ । संकटग्रस्त तीन वटा सहकारीका बचतकर्ताको रकम फिर्ता भएको छ । सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र संकटग्रस्त सहकारी अध्ययन समितिका प्रतिनिधिहरूले तीन सहकारीको रकम फिर्ता भई समस्या समाधान गरिएको ब्रिफिङ गरेका हुन् ।

मंगलबार नयाँ बानेश्वरमा बसेको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’को बैठकमा सो जानकारी दिएका हुन् । सार्वजनिक रूपमा प्रश्न उठेका २० वटा सहकारीमध्ये तीन वटा सहकारीका बचतकर्ताको रकम फिर्ता गरेर समस्या समाधान गरिएको ब्रिफिङ गरेका हुन् ।

समितिले कुन कुन सहकारीका बचत र्फिता गरेको भनेर नाम उल्लेख गरेको भने छैन् ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*