सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

३२ श्रावण २०७८, सोमबार १५:१०

काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक काराबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको आज ७४ करोड ९७ हजार ४५६ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै दोस्रोमा नेपाल बैंक लिमिटेडको ६४ करोड ७० लाख बढीको कारोबार भएको छ । हिजो आइतबार नेपाल बैंकको सर्वाधिक एकैदिन १ अर्ब माथिको कारोबार भएको थियो ।

त्यस्तै तेस्रोमा एचआइडिसिलको ५४ करोड ८४ लाख, चौथोमा ङादी ग्रुप पावरको ४८ करोड ४८ लाख र अपि पावरको ४७ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*