रसुवागढी हाइड्रोपावरको साधारण सभाको मिति र स्थान परिवर्तन

४ असार २०८१, मंगलवार ११:४२

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले दशौं र एघारौं वार्षिक साधारणसभाको मिति र स्थान परिवर्तन गरेको छ । योसँगै अब कम्पनीको सभा असार ३० गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ११ बजे देखि हुने भएको छ ।

यसअघि कम्पनीले असार १३ गते चण्डोलस्थित कुण्डलिनी दरवार व्याङ्क्वेटमा सभा बोलाएको थियो । तर, आयोजना निर्माण क्षेत्रमा आइपरेका विविध समस्याहरूका कारण उक्त मितिमा सभा सम्पन्न गर्न कठिनाई हुने भन्दै सभाको मिति परिवर्तन गरिएको हो ।

सभाले आव २०७८।७९ र २०७९।८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसका आधारमा जेठ २२ गतेसम्म नेप्सेमा काराबार भई कामय शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*