बागलुङमा आइएमई लाइफद्वारा अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान

४ असार २०८१, मंगलवार १०:३२

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बागलुङमा अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। कम्पनीले सोमबार साविक धौलागिरि क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई तालिम प्रदान गरेको हो ।

उक्त अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयालले कम्पनीले सबैको लागि पहुँच हुने, लाभदायक तथा नविनतम् थप बीमा योजनाहरु ल्याईरहेको बताए । बीमा अभिकर्ता कम्पनीका मेरुदण्ड भएकोले कर्मचारी तथा अभिकर्ताहरुले निर्धकका साथ आफ्नो क्षमताले भ्याएसम्म इमान्दारिताका साथ काम गर्न आग्रह गरे ।

कम्पनीका बजार विभाग प्रमुख गणेश चौलागाईले आइएमई लाइफनै अन्य कम्पनी भन्दा किन फरक छ रु, यहाँनै किन बिमा गर्ने भन्नेबारे अभिकर्ताहरुलाई जानकारी दिए ।

तालिममा प्रशिक्षक सौरभ लोहनीले अभिकर्ताहरुलाई आइएमई लाइफ इन्स्योरेन्स सहित अभिकर्ता पेशाको आवश्यकता महत्वका विषयमा जानकारी गराए । साथै, लोहनीले इमान्दारिताका साथ कार्य गर्दा अभिकर्ता पेशाबाट नाम, दाम र सम्मान सबै प्राप्त हुने बताए।

आइएमई लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बागलुङ शाखा प्रमुख इन्द्र शर्मा सापकोटा र संचालन धौलागिरि एरिया प्रवन्धब कृष्ण पौडेले गरे।

कम्पनीले अहिले देशै भरी अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम संचालन गरिरहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*