मेट लाइफको खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, नाफा घट्यो

३२ श्रावण २०७८, सोमबार १३:५४

काठमाडौं। मेट लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन २० दशमलव ३३ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षमा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षमा ४ अर्ब ८३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

 

कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा ११ लाख ८२ हजार ७ सय ५ बीमा पोलिसी वापतको ५ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा आइपुग्दा ३ अर्ब ६१ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । कम्पनीको दाबी भुक्तान्ी ४२ प्रतिशतले बढेको कारण कम्पनीको मुनाफामा यसको असर देखिएको छ। कम्पनीको दाबी भुक्तानी घट्दा मुनाफा घट्नुको साथै बीमा कोषको आकारमा उत्साहजनक सुधार नदेखिएको कम्पनीको वित्तीय विवरणाले देखाएको छ।

कम्पनीको अभिकर्तालाई प्रदान गर्ने कमीशन पनि यस त्रैमासको अवधिसम्ममा १९ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको अभिकर्ता कमीशन वृद्धि भएर २६ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको व्यवस्थापन खर्च ९ प्रतिशतले बढेर ४ करोड ७९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको व्यवस्थापन खर्च ४ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको जगेडा कोषमा १ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने बीमा कोषमा ७६ करोड ८८ लाख रुपैयाँ रहेको छ र महाविपत्ति कोषमा ७ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*