६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

३ असार २०८१, सोमबार १३:२०

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । ब्यूरो भन्यो,“काठमाडौँबाट ६ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*