राष्ट्र बैंकले ६ वटा पेट्रोलियम गाडी ३ करोड २९ लाख रुपैयाँमा किन्दै

३ असार २०८१, सोमबार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएकोछ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिसँग बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको हो ।

गत वैशाख २४ गते एक सूचना जारी गर्दै राष्ट्र बैंकले आवश्यक ६ थान पेट्रोलियम कार किन्न चाहेको भन्दै सार्वजनिक बोलकबोल आह्वान गरेको थियो ।

उक्त बोलकबोलमा परेको आवेदनका आधारमा न्यूनतम मूल्याङ्खित सारभूत प्रभावग्राहीका हिसाबले लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

कम्पनीले ६ वटा कारका लागि कूल ३ करोड २९ लाख ७० हजार रुपैयाँ प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*