सुन–चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

३ असार २०८१, सोमबार ११:०५

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १८ सय रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*