प्रतिकित्ता सय रुपैयाँमै बेष्ट फाइनान्सको ३.५६ लाख कित्ता शेयर भोलि देखि लिलामीमा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले भोलि असार ४ गते देखि अवितरित संस्थापक (हकप्रद) शेयर लिलामीमा ल्याउदैछ । । कम्पनीले तीन लाख ५६ हजार ७४.५७ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।
यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संस्थाहरूले खरिद गर्न पाउनेछन् । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम एक हजार र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति असार ११ गते बैंकिङ्ग समयसम्म रहेको छ ।
आवेदन फाराम कम्पनीको केन्द्रीय कार्यालयका साथै कमलादी, मिलनचोक, अमरपथ, नेपालगंज, घोराही, इटहरी, नारायणगढ, वीरगंज र न्यूरोड शाखा र ग्लोबल आइएमई बैंकको विरेन्द्रनगर र धनगढी शाखा कार्यालयमा पेश गर्न सकिनेछ । शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।