इन्धन बिक्री ठप्प, सेना र प्रहरीको पम्पमा उपभोक्ताको लाइन

३ असार २०८१, सोमबार ०९:१८

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरूमा इन्धन बिक्री ठप्प भएको छ । इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले विभिन्न माग राख्दै वितरण प्रणाली अवरुद्ध पारेपछि सेना र प्रहरीको पम्पमा उपभोक्ताको लाइन बढेको हो ।

पेट्रोल पम्पहरूमा इन्धन नभएको बोर्डहरू झुन्डिएका छन् । इन्धन भर्न पम्पसम्म पुगेका उपभोक्ताहरूलाई समेत रित्तै फर्काइएको छ ।

अन्य स्थानमा इन्धन नपाएपछि उपभोक्ताहरू नेपाल प्रहरीको नक्साल र सामाखुसी, सशस्त्र प्रहरीको हल्चोक र नेपाली सेनाको रिपु मर्दिनी पम्पमा लाइन लाग्न पुगेका छन् । आज बिहानैदेखि सेना र प्रहरीको पम्पमा सयौं बाइकहरू लामबद्ध भएर इन्धन भर्न पुगेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*