तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

३ असार २०८१, सोमबार ०७:०१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ३३ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कम्पनीले संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएका हुन् ।

कामना सेवा विकास बैंकले ७८ हजार ३१९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

सूर्याेदय वोमी लघुवित्तले ५२ हजार ३५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र संस्थाको ललितपुरस्थित कर्पाेरेट कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

किसान लघुवित्तले १२ हजार ४८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर विवरण खुलाई कैलालीस्थित केन्द्रीय कार्यालय वा कर्पाेरेट कार्यालय काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीहरूले जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*