२०५१ सालदेखिको संघर्षका कथा सुनाउँदै तीन कर्मचारीले बीमा प्राधिकरणबाट लिए अवकास

२ असार २०८१, आईतवार १९:३१

काठमाडौं । ०४८ सालअघि अर्थमन्त्रालयमा तत्कालिन बीमा समिति अर्थमन्त्रालयको साँघुरो कोठाबाट सुरु भए देखि ५१ सालमा रेडक्रसको भवनका एउटै टेबुलमा पूर्व, पश्चिम फर्केर काम गरेको इतिहास स्मरण गर्दै तीन कर्मचारीहरु अवकास लिएका छन् । बीमा क्षेत्रले भर्खर भर्खर आफ्नो आकार देखाउन सुरु गरेको बेला प्रवेश गरेका करिअर सुरुवात गरेका तीन कर्मचारीले प्राधिकरणलाई दोस्रो घरको सज्ञा दिएका छन् ।

३० बर्षको सेवा अवधि सकेका निर्देशक दिनेशलाल कर्ण, उप निर्देशक कुसुम शर्मा र सहायक निर्देशक सुनिता कार्कीलाई आज प्राधिकरणले भव्य कार्यक्रम गरेर बिदाई गरेका छन् ।

नेपालले २०४८ सालमा लिएको आर्थिक उदारिकरण सँगै बीमा व्यवसायमा समेत नीजि क्षेत्रले चहलपहल सुरु गर्दा अस्थायी कर्मचारीको रुपमा कुसुम शर्मा नेपाल बीमा प्राधिकरणमा प्रवेश गरेकी थिइन् । उनी प्राधिकरणमा प्रवेश गर्ने पहिलो महिला पनि हुन्।

त्यस्तै, २०५१ साल असार १ गते तीन दिने परिक्षामा सहभागी भएर बीमा प्राधिकरणका प्रवेश गरेका निर्देशक दिनेश कुमार लाल कर्ण र सहायक निर्देशक सुनिता कार्कीले सुरुवाती दिन र बीमा प्राधिकरणमा आफूले बिताएका पलको बिषयमा वृत्तान्त सुनाएका थिए ।

३० बर्षे सेवा अवधिको रमाईला र केही संर्घषपूर्ण कथाहरु प्राधिकरणका कर्मचारीहरुका लागि प्ररेणाका स्रोत हुने भन्दै आफूले भोगेको रमाईला र संघर्षपूर्ण कथाहरु सुनाएका थिए ।

बिदाई कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष, कर्मचारीदेखि कार्यालय सहयोगीसम्मको उपस्थिती थियो । पुराना दिन सम्झदै अवकास पाएका कर्मचारीहरुले आ आफनो वृत्तान्त कथा सुनाएका थिए ।
२०५१ सालमा सरकारी जागिरमा प्रवेश गर्न त्यत्ति सजिलो थिएन । तत्कालिन बीमा समिति आफैले विज्ञापन खुलाई परिक्षा लिने गर्दथ्यो। लिखित परिक्षा र अन्तर्वार्ता दुवै समितिले नै लिने गरेको उप निर्देशक कुसुमले बताईन् ।

२०५१ सालमा ५ जनाले समितिमा प्रवेश गरेका थिए । तीनै जनाले अवकाश पाएका छन् भने बाँकिले पाईसकेका छन् । जागिर सुरु गरेदेखि अवकाश लिने बेलासम्ममा आधा दर्जन अध्यक्षसँग काम गर्दा पाएको फरक फरक अनुभवहरु उनीहरुले सुनाएका थिए ।

सबै अध्यक्षको कार्यकालमा काम गर्ने वातावरणमा खासै फरक नरेको उनीहरु बताँउछन् । तर राजनैतिक नियुक्तिले भने केहि प्रभाव पक्कै पारेको उनीहरु बताउँछिन् ।
देशको मुख्य निर्णायक पार्टीको रुपमा जुन दल आउछ, प्राधिकरणमा पनि त्यसको प्रभाव पर्ने गरेको उनको अनुभव छ । जुन पात्र राजनैतिक नियुक्तिबाट आउने गरेका छन्, उनको काम गराइमा भने केहि गाह्रो हुने गरेको उनीहरुको अनुभव छ ।

तत्कालिन निर्देशक दिनेशलाल कर्णले एउटै टेबुलमा पूर्व कार्यकारी निर्देशक राजुरमण पौडेल र आफू पूर्व र पश्चिममा बसेर काम गरेको क्षण स्मरण गर्दै सुनाएका थिए । रेडक्रसको भवनमा काम गर्दाको रमाईलो किस्सा सुनाएका थिए । थोरै कर्मचारीहरुले काम गनुपर्ने भएकाले पनि एउटै कार्यालयमा जान महिनौ लाग्ने कुरा सुनाईरहेका थिए ।

१२ बर्षसम्म पनि कसैको प्रमोसन नभएको अवस्थामा आफैले आफैलाई हैसला दिँदै बसेको कुराहरु पनि बिदाई कार्यक्रममा स्मरण गरेका थिए । ६, ७ जनाबाट सु्रु गरेका संस्था आज ११४ स्थायी कर्मचारीसम्म आईपुगेको र प्रादेशिक कार्यालयसम्म अनुभव गर्न पाएकोमा खुसी व्यक्त गरेका कर्णले छन् ।

अवकास लिँदै तीन कर्मचारीहरुले १, २ प्रतिशतबाट ३० बर्षको अवधिमा ४४ प्रतिशत बीमा पहुँच प्रत्यक्ष देख्न पाएको प्रमुख श्रेय प्राधिकरणको टिमवर्कलाई जाने उनीहरु बताँउछन् । यो अवसर देख्न पाँउदा सम्पूर्ण बीमा प्राधिकरणलाई टिमलाई बिशेष आभार पनि व्यक्त गरेका छन् ।

हाल बीमा प्राधिकरणमा जोडिएका कर्मचारीहरुलाई यी सबै अनुभवहरु सुनिरह्दा नौलो लाग्नु स्वभाविक नै हो । विगतमा तत्कालिन बीमा समितिमा प्रवेश भोग्नु परेको कथा भन्दा कर्मचारी हासिरहेका थिए भने केही चकित भएका थिए ।

कार्यक्रममा अवकास पाएका तत्कालिन उपनिर्देशक कुसुम शर्माले लोकसेवा पास नगरि तीन दिनको परिक्षा पास गरेर आएको इतिहास बताँउदै विरगंज शाखा प्रमुखसम्मको भूमिकामा आफनो भूमिकाको बिषयमा सुनाएकी थिइन्।

बीमा प्राधिकरणमा लोकसेवा परिक्षा पास नगरि तीन दिनको परिक्षा दिएर प्रवेश गरेका तीनै कर्मचारीहरुले बिदाई कार्यक्रममा आ आफना अनुभवहरु सुनाएका थिए ।

बीमा प्राधिकरणमा सहायक निर्देशकको भूमिकामा काम गरेर अवकास लिएकी सुनिता कार्कीले यसअवधिसम्म बीमा प्राधिकरणमा जोडिएर काम गर्न पाएकोमा गौरवान्ति महसुस हुने गरेको सुनाएकी थिईन् ।

त्यस्तै, कार्यक्रममा यसअघि बिदा भएका कार्यकारी निर्देशक राजुरमण पौडेललाई पनि सम्मान गरि सामूहिक बिदाई गरेको छ। बिदाई कार्यक्रममा तीन अवकास लिएका कर्मचारीहरुले आफनो पुरानो अनुभवहरु सुनाएका थिए । अनुभव सुनाउदै पुर्व कार्यकारी निर्देशक पाैडेलले बीमा नियमनलाई मनमा राखेर काम गर्न आग्रह गरे ।

अध्यक्ष सूर्य प्रसाद सिलवाले ३० बर्ष पूरा गरेर बिदाई भएका कर्मचारीको योग्दान आफूले गर्न नसक्ने भन्दै तीनै अवकास कर्मचारीको बयान गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*