जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी खरिद
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।
यसैक्रममा काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका ७ बसोबास गर्ने सबिना कापालीले आफ्नो जन्मदिनको अवसरमा बीमा पोलिसी खरिद गरेकी छिन् । उनले ५० लाख रुपैयाँ बराबरको बिमांक रकम रहेको ‘मनी ब्याक प्लान’ खरिद गरेकी हुन् । उक्त बीमा पोलिसी सिटिजन लाइफको टोखा शाखामा आवद्ध भएकी अभिकर्ता सविता विसुंखे मार्फत उनले बीमा पोलिसी खरिद गरेकी हुन् ।
कम्पनीको टोखा शाखा कार्यालयका शाखा प्रबन्धक राज कुमार न्यौपानेले जन्मदिनको शुभकामना व्यक्त गर्दै बीमा गर्नको लागि सिटिजन लाइफ नै रोजेको धन्यवाद समेत व्यक्त गरेका छन् ।