औचित्य नै नभएको क्षेत्रमा सडक खम्बा निर्माणका लागि शिखर नगरपालिकाको कार्यकर्ता पोस्ने योजना

२ असार २०८१, आईतवार १९:०१

काठमाडौँ । गाडी नै नचल्ने ठाउँमा डोटी जिल्लाको शिखर नगरपालिकाले सडक खम्बा निर्माणका लागि २० लाख रुपैयाँको बजेट निकासा गरेको छ । आर्थिक वर्षको अन्तिममा खर्च देखाउन नगरले वडा न. ११ मा गाडि नै नआउने कच्ची सडकमा खम्बा निर्माणका लागि बजेट छुट्याएको हो ।

कच्ची सडक निर्माण गरेको एक वर्ष भन्दा बढी हुँदा सो क्षेत्रमा गाडि आवत जावत हुन सकेको थिएन् । लामो समयदेखि शिखर नगरपालिका ११ र १० जोड्ने मोटरेबल पुल बन्न बसेको छैन । शिलान्यास भएको ११ वर्ष बितिसक्दा समेत १५ प्रतिशत समेत काम हुन सकेको छैन । मोटरबल पुल नबनेसम्म सडक प्रयोगमा आउने देखिदैन । तर, नगरले आर्थिक वर्षको अन्तिममा ठुलो रकम सडकका बोर्ड निर्माणमा छुट्याएको हो । प्रायः सडक खम्बा निर्माण पक्की सडकमा हुँदै आइरहेको छ । तर, बजेट औचित्यनै नभएको ठाउँमा फाल्न माहिल नगरले सो क्षेत्रमा खम्बा निर्माणका लागि बजेट हालेको हो ।

नगरले बासीको हितका लागि भन्दा कार्यकर्ता पोस्नको लागि बजेट ल्याएको स्थानीयहरुको आरोप छ । एक स्थानियले भने, ‘हामीलाई यो सडक उपयोग नै आएको छैन । खम्बा हालेर हामीलाई के फाइदा ? यो त आफ्ना मान्छेको पेट भर्ने आएको योजना हो ।’

सो क्षेत्रमा अहिले बोर्ड निर्माणको काम चलि रहेको छ । आफ्ना कार्यकर्तालाई योजना दिएर बजेट सकाउने काम भएको वडा ११ का एक स्थानियले बीमापोष्टलाई बताए । उनले भने, ‘वर्षो बिति सकेको छ । नालिमा रहेको मोटरेबल पुल बन्न सकेको छैन । उक्त पुल बनाउन समन्वय गर्न तिर नगरको ध्यान गएको देखिदैन । कसरी बजेट ल्याउ बन्न तमतयार भएका कार्यकर्तालाई पाल्नका लागि खम्बा निर्माणका लागि बजेट आएको हो । उक्त पुल बनेसम्म उक्त सडक नै काम छैन । सडक खम्बाको के अर्थ ?’

यसबारे जिज्ञासा राख्दा वडा न ११ का वडा अध्यक्ष कर्ण विष्टलाई चाँही आफ्नै क्षेत्रमा आएको योजना बारे जानकारी नै छैन । उनले भने, ‘नगरको बजेट हो । कति आयो कति काम भइरहेको छ भन्ने विषयमा थाहा छैन । यो मैले भनेर आएको बजेट पनि होइन ।’

अपडेट: नगरपालिकाले केहि वडा न ११ का वडा सदस्यहरुसँग छलफल गरि वडा अध्यक्षलाइ जानकारी नै नदिइ उक्त बजेट ल्याएर काम गरेको पाइएको छ ।

यो पनि पढ्नुहोस्

निर्देशिकाको धज्जी उडाउँदै शिखर नगरपालिका, एक वर्षमा खाना खाजामा ३३ लाख रुपैयाँ स्वाहा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*