ब्याज आम्दानी घटेपनि सनराइज बैंकको खुद नाफा १६ प्रतिशतले बृद्धि, इपीएस कति ?

३२ श्रावण २०७८, सोमबार १२:४१

काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ ।

अघिल्लो आवको चौथो त्रैमासम्ममा बैंकले १ अर्ब ३५ करोड ९४ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत बर्ष १६.३९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड २२ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

साथै बैंकको गत आवमा खुद ब्याज आम्दानी भने घटेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशत घटेर ३ अर्ब ५२ करोड ६ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमो यस्तो आम्दानी ३ अर्ब ८५ करोड ९२ लाख ९ हजार रुपैयाँ आर्जन गर्न सफल भएको थियो ।

समिक्षा अवधिमा बैंकको संचालन मुनाफा १८.९१ प्रतिशत बढेर १ अर्ब ५८ करोड २२ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने बैंकको कुल मुनाफा १.४० प्रतिशत घटेर ४ अर्ब ९४ करोड ५६ लाख ३ हजार रुपैयाँ सिमित भएको छ । बैंकको वितरणयोग्य मुनाफा १३.६९ प्रतिशत बढेर ६० करोड १५ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म बैंकको चुक्ता पूँजी ५.८० प्रतिशत बढेर ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ रहेकोमा जगेडा कोष २०.६१ प्रतिशत बढेर ५ अर्ब ३३ करोड ८२ लाख ५ हजार रुपैयाँ, निक्षेप १ खर्ब ६ अर्ब ४३ करोड २३ लाख, कर्जा १ खर्ब २९ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुगको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ६८ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २६ पैसा रहेकोमा मूल्य आम्दानी अनुपात २२.९२ गुणा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*