आइएमई लाइफकी गेल्मु लामा बनिन् २०२५ को पहिलो एमडीआरटी

२ असार २०८१, आईतवार १५:५१

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अभिकर्ता गेल्मु लामा ‘एमडीआरटी २०२५’ को लागि क्वालिफाइड भएकी छिन् । कम्पनीबाट २०२५ मा एमडीआरटी बन्ने उनी पहिलो अभिकर्ता समेत बन्न सफल भएकी हुन् ।

कम्पनीको महारागंज शाखा कार्यालयमा आवद्ध रहेकी उनले आइएइमई लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा प्रवेश गरेको छोटो समयमानै राम्रो सफलता हासिल गर्न सफल भएकी छिन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म करिव ५१ लाख बढी रुपैयाँको व्यवसाय गरिसकेको उनले बताइन् ।3

अभिकर्ता लामाले पछिल्लो ३ महिनाको अवधिमा लगातार रात दिन नभनी गरेको कार्यको फलस्व रुप एमडीआरटी २०२५ बन्न सफल भएको बताईन् । साथै उनले, ‘म अभिकर्ता बनेपछि सुरुमा धेरै गाह्रो भएको थियो । पछि बिस्तारै हिम्मत नहारी अघि बढ्दै जाँदा मैले सफलता प्राप्त गरेको हु।’

कम्पनीले पनि लामालाई बधाई तथा शुभकामना दिएको छ । प्रमुख कार्यकारी अधिकृत कबि फुयालले बधाई दिदैं अभिकर्ताहरुको भुमिकालाई कम्पनीले सधै कदर गरेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*