कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष सहित ४ जना पक्राउ, दुई अर्ब ८२ करोड अपचलन

२ असार २०८१, आईतवार १५:१४

काठमाडौँ । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित अन्य सञ्चालकहरुलाई पक्राउ गरेको हो । सजना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् ।

सहकारीका सञ्चालकबाट दुई अर्ब ८२ करोड २७ लाख रुपैयाँ अपचलन भएको बताइएको छ । उक्त सहकारीका पीडिट बचतकर्ताहरुको संख्या २ हजार ३५१ रहेका छन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*