अब निजी उद्योगलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने
२ असार २०८१, आईतवार १४:३५
काठमाडौँ । अब सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने भएको छ ।
उद्योग बिभागले एक सूचना जारी गर्दै भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिने जनाएको हो ।
उद्योगहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्न दिने गरि आयात गर्न दिन लागिएको बिभागको भनाइ छ । इच्छुक उद्योगहरुले सात दिनभित्र बिभागमा आवेदन दिनुपर्ने सुचनामा उल्लेख छ ।