छोटो समयमै बीमितमैत्री बन्यो आइएमई लाइफ, जेठ महिनामा २ करोड दावी भुक्तानी

२ असार २०८१, आईतवार १३:१३

काठमाडौं । स्थापनाकालको छोटो समयमा नै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीमितमैत्री बन्न सफल भएको छ । कम्पनीले आफ्ना बीमितहरुको सहजिकरणको लागि दावी भुक्तानीलाई छिटो, छरितो र सरल बनाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनामा ३० वटा दावी वापत १ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेको छ । उक्त रकमले बीमितहरुको समस्या समाधान हनुका साथै आउँदो समयमा जिवन यापन गर्न सकिने कम्पनीले विश्वास लिएको छ ।

कम्पनीका मार्केटिङ प्रमुख गणेश चौलागाईले बीमितहरुको दावी भुक्तानी समस्यालाई आइएमई लाइफले अन्य कम्पनीको तुलनामा सरल तरिकाले समाधान गर्दै आएको बताए । साथै उनले भने, ‘हामीले बीमा दावी भुक्तानीको सन्दर्भमा बीमितहरुलाई ढुक्क हुन विश्वास दिलाएका छौं । सोही क्रममा कम्पनीले आवश्यक कागजात पुरा भएका दावीलाई सक्दो चाँडो भुक्तानी दिदै आएका छौं ।’

कम्पनीले बैशाख महिनामा पनि ५३ वटा बीमा दावी वापत ३ करोड ३ लाख रुपैयाँ भुक्तानी दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*