प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४२ प्रतिशतले बढ्यो, बीमा कोष कति ?

३२ श्रावण २०७८, सोमबार १२:२८

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चौथौ त्रैमासको अधिंकाश वित्तीय विवरण सकारात्म्क देखिएको छ ।गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई ५८ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४० करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा खुद नाफा २७ दशमलव ६० प्रतिशतले बढेर १७ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्ममा कम्पनीले५ हजार २ सय ४४ बीमा दाबी वापत २० करोड ८२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने १ हजार ९ सय ८८ बीमा दाबी वापत ३७ करोड ६३ लाख रुपैयाँ बीमा दाबी भुक्तान्ी गर्न बाँकि रहेको छ।

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ र जगेडा कोषमा २५ करोड ८७ लाख रुपैयाँ संचिती रहेको भने बीमा कोषमा ६२ करोड ४२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २४ पैसा रहेको छ र प्रति शेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा रहेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*