बीमा प्राधिकरणका निर्देशक कर्ण, उप निर्देशक कुसुम र सहायक निर्देशक सुनिताको बिदाई

२ असार २०८१, आईतवार १२:३०

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट ३० वर्षे सेवा अवधी पुरा गरेर तीन जना कर्मचारी विदा भएका छन् । निर्देशक तथा सञ्चालक समितिका सचिव दिनेश कुमार लाल कर्ण, उप निर्देशक तथा मधेश प्रदेश कार्यालय प्रमुख कुुसुम शर्मा तथा सहायक निर्देशक सुनिता कार्कीले यही असार १ गतेदेखि औपचारिक रुपमा विदा लिएका हुन् ।

२०५१ साल असार १ गतेदेखि तत्कालिन बीमा समितिमा स्थायी नियुक्ती लिएर बीमा नियमनको भूमिकामा सरकारी सेवा सुरुवात गरेका तीन जना कर्मचारीहरुको आज एक कार्यक्रमका बीचमा विदाई गरिँदैछ । २०५१ सालमा भर्ना भएका राजु रमण पौडेल यसअघि कार्यकारी निर्देशकमा पाँच वर्षे सेवा अवधीका कारण गत जेठ १२ गते नै बिदा भइसकेका छन् ।

त्यस्तै, ३० वर्षे सेवा अवधी पुरा भएपछि एक जना निर्देशक, उप निर्देशक शर्मा, सहायक निर्देशक कार्की सेवा निवृत्त भएका हुन् । सुरुवाती चरणमा भाडाको कार्यालय, सानो क्षेत्रबाट सुरुवात भएको बीमा समिति अहिले एक सफल र सिंगो बीमा क्षेत्रको नियामकीय दायित्व निर्वाह गर्दै आएको छ ।

बीमा प्राधिकरणमा २०५१ सालमा भर्ना भएका सबै कर्मचारीहरु विदा भएका छन् । उनीहरु बीमा ऐन २०४९ बमोजिम स्थापित बीमा समितिको चरण पुस्ताका कर्मचारीहरु थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*