बीमा दोकानले इएमआई मार्फत बीमा गर्ने, यस्तो छ प्रक्रिया
२ असार २०८१, आईतवार ११:३९
काठमाडौं । बीमा दोकानले नेपालमा नै पहिलो पटक (इएमआई) मा बीमा गर्न सकिने व्यवस्था ल्याएको छ । संस्थाले साना तथा मझौला व्यापारीहरुलाई बीमा सरल र सहज पहुँच बनाउने उदेश्यका साथ इएमआई अवधारणा ल्याएको हो । हाललाई उक्त व्यवस्था काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।
बीमा दोकानले बीमालाई गाँस, बास र कपास पछिको आवश्यकताका रुपमा विकास गर्नुे लक्ष्य लिएको छ । साथै, संस्थाले बीमा गर्न बन्चित रहेका बर्गहरुलाई बीमाको दायरामा ल्याउन आफु भरपुर रुपमा लागि रहेको समेत बताएको छ ।
संस्थाका कार्यकारी अधिकृत इश्वर श्रेष्ठले निम्न आयश्रोत भएका नागरिकहरुमा न्यून बीमा शुल्क सहितको सुविधा उपलब्ध गर्नको लागि इएमआई अवधारणा ल्याएको बताएका छन् ।