बुद्धभुुमि नेपाल हाइड्रोपावरको ४ लाख कित्ता आईपीओ आजदेखि बिक्री खुुल्ला

३२ श्रावण २०७८, सोमबार १२:२१

काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेकोे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्ला बासिन्दाहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासन अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गर्न लागेको हो ।

आईपिआो छिटोमा भदौ १४ गतेसम्म र ढिलोमा २९ गतेसम्म बन्द हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखी अधिकतम ५० हजारसम्म माग गरी आवेदन दिन सक्नेछन् । आइपीओ बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

उक्त आइपीओमा बिक्री प्रबन्धकसँगै ज्योति विकास बैंक, प्रभुु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*