करिब १४अर्ब चुक्ता पूँजीको नबिल बैंकको खुद नाफा साढे ४ अर्ब, अन्य सूचक कस्तो ?

३२ श्रावण २०७८, सोमबार १२:१२

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश सूचकमा फड्को मारेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३०.०६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, बैंकले गत आवमा खुद ब्याज आम्दानीमा समेत उल्लेखनीय प्रगति गरेको छ । बैंकले समिक्षा अवधिमा ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.६४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको संचालन मुनाफा २६.३५ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड ५१ लाख ७२ हजार रुपैयाँ रहेकोमा वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्म बैंकको हाल चुक्ता पूँजी ३७.११ प्रतिशत बढेर १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेकोमा जगेडा कोष २३.६४ प्रतिशतले बढेर १५ अर्ब २ करोड २७ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्ममा बैंकको निक्षेप १७.१२ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैयाँ र कर्जा ३३.८१ प्रतिशत बढेर १ खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ पुगेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*