धितोपत्र बोर्डको अध्यक्ष बन्ने दाबेदारलाई भोलि अन्तरवार्ता तथा प्रस्तुतिकरणलाई बोलायो, कस्को छ बलियो सम्भावना ?

१ असार २०८१, शनिबार १३:२३

काठमाडौंं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको टुंगो भोलि लगाउने भएको छ ।

भोलि ९ बजे अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि उपस्थित जानकारी आएको एक उम्मेदावरले जानकारी दिएका छन् ।मन्त्रालयले विहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा सर्टलिस्टमा परेका ५ जनाको अन्तरवार्ता तथा प्रस्तुतिकरण लिने भएको हो ।

तीन जनाको नाम तयार मन्त्रालयले आइतबार नै मन्त्रिपरिषदमा सिरफारिस गर्नेछ । र क्याबिनेट हुँद सोमबार नियुक्ति गराउने तयारीमा लागेको अर्थमन्त्रालयको स्रोतले बताएको ।

धितोपत्र बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएकोमा सन्तोष नारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ, डा। नवराज अधिकारी, चिरञ्जीवि चापागाईं र कृष्णबहादुर कार्की सर्टलिस्टमा परेका थिए ।

याँ अध्यक्ष नियुक्तीका लागि डा। नबराज अधिकारी, चिरञ्जीवी चापागाँई, कृष्ण बहादुर कार्की, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिष्टमा छानिएको छ ।

उल्लेखित नाम मध्ये डा। अधिकारी, सन्तोषनारायण श्रेष्ठ र चापागाईको नाम सम्भावित ३ जनाको सूचिमा समावेश हुने सम्भावना रहेको जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*