नेशनल लाइफ सुर्खेत शाखाद्वारा बीमा दावी भुक्तानी

३२ जेष्ठ २०८१, शुक्रबार १७:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखा कार्यालयले स्वर्गिय बीमितको परिवारलाई दावी बापतको चार लाख २८ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

कर्णाली प्रदेशको सुर्खेत शाखा कार्यालयमा बिरेन्द्रनगर नगरपालिका निवासी विशाल खत्रीले ३ लाख रुपैयाँको जीवन अमृत बीमा गरेका थिए ।

यहि वर्षको बैशाख ११ गते उनको मृत्यु भएपश्चात सम्पूर्ण प्रक्रिया पुरा गरी आज उनकी श्रीमती गंगा सिंहलाई बीमा दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*