अन्नप्राशनमा धामी दम्पतीले छोरालाई दिए एलआईसी नेपालको बीमा पोलिसी उपहाँर

३२ जेष्ठ २०८१, शुक्रबार १७:०४

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसैक्रममा बैतडीको सिगासँ गाउँपालिकाको वडा नम्बर ३ मा बसोबास गर्ने बुवा पदम धामी र आमा मन्जु कुमारी साउँदले आफ्नो छोरा निलांश धामीको अन्नप्राशनको अबसरमा बीमा पोलिसी उपहाँर दिएका छन् । उनीहरुले एलआईसी नेपालको डढेल्धुरा शाखाबाट ६ लाख रुपैयाँ बिमांक भएको ‘बाल उन्नती प्लान’ बीमा पोलिसी दिएका हुन् ।

उक्त बीमालेख कम्पनीको डढेल्धुरा शाखामा आवद्ध भएका एजेन्सी म्यानेजर डम्बर सिंह धामीले उल्लेखनिय कार्यको शुभकामना र बधाई दिदै बीमालेख हस्तान्तरण गरेका हुन् । उनले बीमित निलांशलाई बीमाको रकमले आउँदो दिनमा आउने समस्या र अध्ययनमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*