हुलास फिनभर्स हायर पर्चेजले सर्वसाधारणमा आईपीओ जारी गर्ने

३२ जेष्ठ २०८१, शुक्रबार ०७:१४

काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार १६ गते विशेष साधारणसभा डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११ बजे सभा बोलाएको हो ।

सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा तीन करोड रुपैयाँबराबरको थप संस्थापक शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थापक शेयर जारी पश्चात् सर्वसाधारणका लागि छुट्याइएको शेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ्ग विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*