नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढ्यो, को बन्ला नयाँ अध्यक्ष ?

३१ जेष्ठ २०८१, बिहीबार २१:३४

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती गर्न अर्थमन्त्रालयद्धारा गठित कार्यदलले नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढाउने भएको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार आगामी आइतबार वा सोमबार पाँच जना सर्टलिष्ट प्रतिस्पर्धीसँग अन्तर्वार्ता लिएर नयाँ अध्यक्ष छनौटका लागि सम्भावित तीन जनाको नाम सिफारिस गर्ने तयारी गरिएको छ ।

कुनै अर्को निर्णय भएन भने आगामी सोमबार नै तीन जनाको नाम सिफारिस गरेर सोही दिन बस्ने वा बिहिवार बस्ने नियमित मन्त्रिपरिषदको बैठकबाट धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त हुछन् । नयाँ अध्यक्ष नियुक्तीका लागि डा. नबराज अधिकारी, चिरञ्जीवी चापागाँई, कृष्ण बहादुर कार्की, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिष्टमा छानिएको छ ।

उल्लेखित नाम मध्ये डा. अधिकारी, सन्तोषनारायण श्रेष्ठ र चापागाईको नाम सम्भावित ३ जनाको सूचिमा समावेश हुने सम्भावना रहेको जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*