आइएमई इन्स्योरेन्स कम्पनीको यस्तो देखियो चौथौ त्रैमास

३२ श्रावण २०७८, सोमबार १०:०२

काठमाडौं । आइएमई इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ५१ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस त्रैमासको अवधिसम्मा ५८ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा २३ करोड ४६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड २ लाख रुपैयाँ रहेको थियो । कम्पनीले यस त्रैमासको अवधिसम्ममा २८ करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ भने जगेडा कोषमा २४ करोड ९९ लाख रुपैयाँ संचिती रहेको छ र बीमा कोषमा ४७ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ २७ पैसा रहेको छ र प्रति शेयर नेटवर्थ १६२ रुपैयाँ ७४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*