सिद्धार्थ इन्स्योरेन्स कम्पनीको अंधिकाश सूचकमा सामान्य सुधार

३२ श्रावण २०७८, सोमबार ०९:५१

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अंधिकाश सूचकमा सामान्य सुधार देखिएको छ ।कम्पनीले यस त्रैमाससम्ममा ३० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले ३० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।कम्पनीले यस अवधिमा ९२ करोड ४० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.९३ प्रतिशतले बढी हो ।

कम्पनीले यस त्रैमासको अवधिसम्ममा पुनर्बीमा कमिशनबाट ३५ करोड ३७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले हालसम्ममा १ लाख ७६ हजार ८८२ वटा बीमालेख जारी गरी २ अर्ब ३३ करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ र जगेडा कोषमा ३३ करोड ७ लाख रुपैयाँ, बीमा कोषमा ९८ करोड ९१ लाख रुपैयाँ रकम संचित रहेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२४ रुपैयाँ ४७ पैसा, र मूल्य आम्दानी अनुपात ३९.१९ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*