यूनाइटेड अजोडको विशेष साधारण सभा सम्पन्न, १५ प्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारित

३१ जेष्ठ २०८१, बिहीबार ११:४८

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

सभाले कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता शेयर बराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी वृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित भएको हो ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ २५ गते एक दिन बुक क्लोज गरिसकेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*