प्राइम बैंकको लिलामी शेयर किन्ने आज अन्तिम दिन

३१ जेष्ठ २०८१, बिहीबार ०९:१७

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ २५ गते देखि लिलामीमा ल्याएको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयरमा आवेदन दिने आज जेठ ३१ गते अन्तिम दिन रहेको छ ।

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिँदा घटीमा दुई लाख र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन फाराम काठमाडौंको लेखनाथमार्गस्थित बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा बुझाउनु पर्नेछ । फाराम पनि सोही स्थानमा पाइनेछ । यो शेयरमा आज अपरान्ह ३ बजेसम्म मात्र आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*