तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

३१ जेष्ठ २०८१, बिहीबार ०७:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् ।

कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड वा प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

सिद्धार्थ बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ७२ हजार ९२७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयधरनीले मात्रै किन्न पाउनेछन् । शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय वा कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

प्रभु महालक्ष्मी लाइफले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४६ हजार २३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर साविकका शेयरधनीहरूले किन्न पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

अन्यथा यी शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*