वित्तीय विवरणमा झल्कियो नेशनल लाइफको सफलता, जीवन बीमा कोषमा ४२ अर्ब संचिती, खुद बीमा शुल्क १२ अर्ब माथि

३२ श्रावण २०७८, सोमबार ०९:२३

काठमाडौं । नेपालको तेस्रो ठूलो कम्पनी नेशनल लाइफ इन्स्योरेन्सको वित्तीय विवरणमा कम्पनीको सफलताका सूचकहरु झल्किएका छन् । कूल तीन ३९ करोड चुक्ता पुँजि भएको नेशनल लाइफको जीवन बीमा कोषमा मात्रै ४२ अर्ब ४२ करोड ४२ लाख ४७ हजार १४० रुपैयाँ संचिती गर्न सफल भएको छ । कम्पनीको जगेडा कोही केही घटेको भएपनि समग्र कोषको आकार २४.४५ प्रतिशतले बृद्धि भएको छ । गत आवको अघिल्लो समीक्षा अवधीमा ३५ अर्ब तीन करोड संचिती रहेको नेशनल लाइफको कोषमा गत आवको असार मसान्तसम्ममा ४३ अर्ब ६० करोड ४६ लाख ४९ हजार ३३६ रुपैयाँ संचिती गर्न सफल भएको छ । कम्पनीले कूल कोषको आकारमा साढे सात अर्ब रुपैयाँ भन्दा बढिले संचिती बढाउन सफल भएको छ । त्यस्तै जीवन बीमा कोषमा आठ अर्ब ३० करोडभन्दा बढिले संचिती बढाउन सफल भएको छ ।

गत आवमा कम्पनीले अघिल्लो आवको तुलनामा खुद बीमा शुल्क आम्दानीमा ३२.९५ प्रतिशतले बृद्धि गरी नौ अर्ब ११ करोडबाट १२ अर्ब ११ करोड ७३ लाख १८ हजार ७६९ रुपैयाँ छ । कम्पनीको खुद दावी भुक्तानी ४३.११ प्रतिशतले बृद्धि भई दुई अर्ब ७६ करोड ४५ लाखबाट बढेर तीन अर्ब ९५ करोड ६४ लाख ९२ हजार ९१ रुपैयाँ छ ।

कम्पनीको आम्दानी १५.८५ प्रतिशतले बृद्धि भएको देखिएको छ । अघिल्लो आवमा दुई अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा जम्मा तीन अर्ब २५ करोड ९३ लाख ८४ हजार २५ रुपैयाँ लगानी, कर्जा तथा अन्यबाट आय भएको छ । बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएकोले आम्दानी प्रभावित भएको देखिएको छ ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब १३ करोड ३५ लाख ३५ हजार २२१ रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो खर्च जम्मा ८० करोड ५३ लाख रुपैयाँ थियो । समीक्षा अवधीमा कम्पनीको व्यवस्थापन खर्च ४०.७५ प्रतिशतले बृद्धि भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई एक अर्ब ३३ करोड ३९ लाख २७ हजार ३१९ रुपैयाँ कमिशन बापत वितरण गरेको छ । आज प्रकाशित गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो आवमा ९१ करोड १० लाख रुपैयाँ अभिकर्ता कमिशन वितरण गरेको थियो ।

कम्पनीको खुद नाफा २.५५ प्रतिशतले मात्रै बृद्धि भएको छ । गत आवमा ३९ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा ४० करोड १२ लाख १० हजार ६०३ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

कम्पनीको बीमा पोलिसी संख्या १६.५७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा आठ लाख १० हजार ८३२ वटा बीमा पोलिसी रहेकोमा गत आवमा नौ लाख ४५ हजार १९७ वटा बीमा पोलिसी कायम रहेका छन् ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ११.८३ रुपैयाँ छ भने पिई अनुपात ९७।३० रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ मूल्य १३४.३३ रुपैयाँ छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४९०.४५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*