अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाई

३० जेष्ठ २०८१, बुधबार १६:५४

काठमाडौं। अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाईदिएको छ।

यसअघि महाशाखा प्रमुख रहेको डा। टोकराज पाण्डेलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा आएका सापकोटालाई कुनै जिम्मेवारी दिइएको थिएन ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबारदेखि उनलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।

सापकोटा यसअघि भन्सार विभागको महानिर्देशक तथा राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत थिए । उनले भरतपुर महानगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा पनि काम गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*