१७ बीमा कम्पनीको शेयर मूल्य घट्यो

३० जेष्ठ २०८१, बुधबार १५:४९

काठमाडों । बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेमा उकालो लागेपनि १७ वटा बीमा कम्पनीको शेयर मूल्य गिरावट आएको छ।

जीवन तर्फका ६ कम्पनीको शेयर मूल्य घटेको छ भने निर्जीवन तर्फका १० र एक पुनर्बीमा कम्पनीको शेयर मूल्य घटेको हो ।

जीवन तर्फ सिटिजन्स लाइफ, हिमालयन लाइफ, लाइफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल, नेशनल लाइफ, रिलायबल लाइफ र सानिमा रिलायन्स लाइफको शेयर मूल्यमा गिरावट आएको छ ।

यसैगरी निर्जीवन तर्फ हिमालयन एभरेष्ट, आइजीआई प्रुडेन्सियल, नेपाल इन्स्योरेन्स, एनएलजी ईन्स्योरेन्स, प्रभु ईन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा लुम्बिनी ईन्स्योरेन्स, शिखर, सिद्दार्थ प्रिमियर र यूनाइटेड अजोड ईन्स्योरेन्सको शेयर मूल्यमा गिरावट आएको छ ।

पुनर्बीमा तर्फ हिमालयन रिईन्स्योरेन्सको शेयर मूल्य घटेको हो ।यसैगरी, जीवन तर्फ ६ निर्जीवन तर्फ २ र एक पुनर्बीमक गरी ९ कम्पनीको शेयर मूल्य बढेको छ । जीवन तर्फ एशियन लाइफ, आइएमई लाइफ, नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सूर्यज्योति लाइफ र सन् नेपाल लाइफको शेयर मूल्यमा बढोत्तरी आएको छ ।यस्तै निर्जीवन तर्फ नेको ईन्स्योरेन्स र सानिमा जिआईसी ईन्स्योरेन्सको शेयर मूल्य बढेको छ । त्यसैगरी, पुनर्बीमातर्फ नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा बढोत्तरी आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*