चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

३० जेष्ठ २०८१, बुधबार १५:११

काठमाडौँ । शेयर बजार एकल अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अकंले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको छ ।

बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज समृद्धि फाइनान्स, मिड शोलु हाइड्रोपावर, साधना लघुवित्त र ग्रिनलाइफको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*