मलेसियामा ज्यान गुमाएका पटेलको परिवारलाई आइएमई लाइफद्वारा १४ लाख रुपैयाँको दावी भुक्तानी

३० जेष्ठ २०८१, बुधबार १४:४९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी बापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीको कलैया शाखा कार्यालयले आज कलैया उप महानगरपालिका १९ पचायनपुर निवासी भरत राउत कुर्मीका छोरा स्वर्गिय बीमित मनोज कुमार पटेलको वैदेशिक रोजगारको क्रममा ज्यान गुमे पश्चात आवश्यक प्रक्रिया पुरागरी बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीको कलैया शाखा कार्यालय प्रमुख नितेश गुप्ताले स्वर्गिय बीमितको परिवारलाई हौसला प्रदान गर्दै बीमितको परिवारको साथमा कम्पनी रहेको प्रतिवद्धता जनाएका छन् ।

बीमा दावी भुक्तानी कार्यक्रममा मधेश प्रदेश प्रमुख रबि शंकर सरार्फ, वडा न १९ का बडाअध्यक्ष हरेन्द्र पटेल, कलैया शाखाका प्रबन्धक नितेश गुप्ता, एजेन्सी म्यानेजर आबिद हुसेन र सुरेन्द्र प्रसाद साह र गाउँका अग्रज भद्र भलादमी हरुको उपस्थितिमा दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरिएको छ।

रोजगारको शिलसिलामा मलेसिया जाँदा २०८० बैशाख १७ गते कम्पनीमा जीवन बीमा गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*