नेपाल र श्रीलंकाबीचको खेल रद्द

३० जेष्ठ २०८१, बुधबार ०७:२४

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशालामा मंगलबार रातिदेखि लगातार वर्षा भएपछि टस समेत हुन नसकेर खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।

नेपालले अब सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्नेछ । नेपाल समूह डीबाट शीर्ष दुईमा रहँदै सुपर–८ मा पुग्न दुवै खेल जित्नुपर्ने हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*