एलआईसी नेपालको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

३१ श्रावण २०७८, आईतवार १७:४३

काठमाडौं । एलआईसी (नेपाल)ले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कमपनीले यस त्रैमासको अवधिसम्ममसम्ममा १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष सोहि अवधिको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको अवधिमा कम्पनीले १४ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ, पुनर्बीमा कमिशन बापत १ करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ।

चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा पनि ५९ दशमलव ४४ प्रतिशतले बढेर १९ करोड ९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद मुनाफा बिमांकिय मूल्याङ्कन पश्चात् पूर्ण फेरबदल हुन सक्छ ।

कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा १८ हजार ९ सय ८० वटा दाबी बापत ७ अर्ब ४९ करोडरुपैयाँ भुक्तानी गरेको छ भने २५ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकि रहेको वित्तीय विवरणमा उल्लेख रहेको छ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड ८७ लाख र जीवन बीमा कोषमा ८१ अर्ब ६ करोड ९९ लाख रुपैयाँ रकम संचित रहेको छ।कम्पनीको प्रतिशेयर आम्दानी (बार्षिक) १२ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*