मुक्तिनाथ विकास बैंकको खुद नाफामा छलाङ, वितरणयोग्य मुनाफा ८६ करोड माथि

३१ श्रावण २०७८, आईतवार १७:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट छलाङ मारेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६२ दशमलव ७० प्रतिशत बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । सोही प्रतिशतले बढेर गत आवमा १ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७० करोड ७४ लाख मात्र खुद नाफा आर्जन गरेको थियो ।

बैंकले समिक्षा अवधिमा संचालन मुनाफा पनि बढाउन सफल भएको छ । अघिल्लो वर्ष १ अर्ब संचालन मुनाफा रहेकोमा गत वर्ष ६१.५८ प्रतिशत बृद्धिले १ अर्ब ६३ करोड पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी पनि अघिल्लो वर्ष २ अर्ब २५ करोड रुपैयाँ रहेकोमा समिक्षा अवधिमा २० प्रतिशतले बढेर २ अर्ब ७० करोड रुपैयाँ माथि पुगेको छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप र कर्जाको आकारमा समेत फड्को मारेको छ । अघिल्लो वर्षको तुलनामा ५१.६३ प्रतिशतले निक्षेप बढाएर ८६ अर्ब ९० करोड पुर्याएको बैंकले लोनतर्फ पनि करिब ५३ प्रतिशतको बढोत्तरीसँगै ७२ अर्ब ८९ करोडको उचाई पुर्याएको छ ।

त्यस्तै बैंकले खराब कर्जा घटाउन समेत भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.४६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर असार मसान्तसम्ममा ०.२५ प्रतिशतमा सिमिति भएको छ ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढी रहेकोमा समिक्षा वर्षका लागि वितरणयोग्य मुनाफा ८६ करोड ५ लाख रहेको छ । यो हिसाबले बैंकले १७ प्रतिशतभन्दा माथिको लाभांश क्षमता बनाएको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म १६ रुपैयाँ ३६ पैसा रहेको इपीएस गत वर्षको सोही अवधिसम्म बढेर २३ रुपैयाँ ९२ पैसा कायम भएको छ । साथै बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४९ पैसा रहेकोमा पीई रेसियो २७ दशमलव ४७ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*