ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा ज्योति विकास बैंकको खुद नाफा ५१ प्रतिशतले बृद्धि

३१ श्रावण २०७८, आईतवार १७:०१

काठमाडौं । ज्याति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा बैंकले अधिकांश सूचकमा उल्लेखनीय प्रदर्शन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आवको तुलनामा ५१.४८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले ४८ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो आवमो ७० करोड २९ लाखमा सीमित संचालन मुनाफा बढेर गत वर्ष १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी समेत बढेर १ अर्ब ५० करोड भन्दा माथिे कायम भएको छ । बैंकको संचालन मुनाफा र ब्याज आम्दानी बढ्दा खुद नाफा बढ्नमा टेवा पुगेको ।

समिक्षा अवधिमा बैंकले ४९ अर्ब ५५ करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ४३ अर्ब ८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले ३६ अर्ब ३१ करोड बढी निक्षेप संकलन गरी २९ अर्ब ७१ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष ०.९२ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ०.८० प्रतिशतमा सीमित बन्न पुगेको देखिएको छ भने कस्ट अफ फण्ड ५.८५ प्रतिशत, सीडी रेसियो ८०.५५ प्रतिशत, आधार दर ८.४२ प्रतिशत कायम भएको छ ।

बैंकको हाल चुक्तापूँजी बढेर ३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मका लागि बैंकको वितरणयोग्य मुनाफा ६० करोड ३० लाख रुपैयाँ रहेको छ । त्यस्तै खुद नाफामा उल्लेखनीय सुधार आएपछि बैंकको वार्षिक प्रतिशेयर आम्दानी (इपीएस) बढेर १९ दशमलव २९ रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको पीई रेसियो २४.७८ गुणा रहेकोमा प्रतिशेयर नेटवर्थ १३८ दशमलव ५४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*