नेप्से २४ अंकले घट्दा साढे २१ अर्बमाथिको कारोबार, नेपाल बैंकको मात्रै १ अर्बमाथि
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४ दशमलव ३४ विन्दुमा कायम भएको छ ।
पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको ३ करोड ५५ लाख ११ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख ६५४ रुपैयाँको कारोबार भएको छ ।
नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज ३ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज सर्वाधिक उत्पादन तथा प्रशोधन समूहमा १६०.२३ अंकले बृद्धि भएको हो ।
त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । बैंकको आज एकैदिन १ अर्ब ५ करोड ४६ लाख ७८ हजार ८१५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आज ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।
सर्किट लाग्ने कम्पनीहरुमा खानीखोला हाईड्रोपावर, जीवन विकास लघुवित्त र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ ।