सांग्रिला डेभलपमेण्ट बैंकको खुद नाफामा छलाङ, इपिएस कति ?

३१ श्रावण २०७८, आईतवार १३:१९

सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४१ करोड ६९ लाख ३० हजार खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १९ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढकोले खुद नाफा बढ्न पुगेको हो । बैंकको वितरणयोग्य नाफा २८ करोड ८३ लाख ९३ हजार रुपैयाँ रहको छ ।

समिक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ २३ पैसा पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ७ रुपैयाँ ३३ पैसा रहेको थियो । नाफामा बृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि बृद्धि हुन पुगेको हो ।

त्यस्तै बैंकको वार्षिक प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*