एनसीसी बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर लिलामीमा

३१ श्रावण २०७८, आईतवार ११:२३

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैैंकले संस्थापक शेयर तर्फको २ लाख ११ हजार १७५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनि रबिना थापा, प्रमोद मणी दिक्षित, साजन राम भण्डारी, आनन्द अग्रवालले संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम सञ्चालक समितिले बिक्री प्रकृया अगाडि बढाएको हो ।

इच्छुक शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनिले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको बागबजार काठमाडौँस्थित शेयर शाखामा आवेदन दिन सक्ने बैंकले जानकारी गराएको छ ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य खरिदकर्तालाई बिक्री प्रकृया अगाडि बढाउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*