सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ११३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

३१ श्रावण २०७८, आईतवार १०:००

 

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अत्यसम्मा अधिंकाश सूचकमा सुधार ल्याएको छ ।

कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा खुद बीमा शुल्क आर्जन १३३ प्रतिशत वृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा ८२ करोड ९३ लाख रुपैयाँ गरे खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ९३ रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले ३८ हजार २ सय ७५ बीमालेख जारी गरेर १ अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
वित्तीय विवरणका अनुसार कम्पनीको नाफा पनि २० प्रतिशतले बृद्धि भएको छ ।अघिल्लो आर्थि बर्षमा ८ अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षको अन्तयसम्ममा १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ करोड ७७ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब १० करोड रुपैयाँ संचित रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*