एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष २६ अर्ब माथि, खुद बीमा शुल्क २७ प्रतिशतले बढ्दा अन्य सूचांक कस्तो ?

३१ श्रावण २०७८, आईतवार ०९:१६

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी गत आर्थिक वर्षमा थप समृद्धि हुँदै अघि बढेको देखिएको छ । गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय बृद्धि हुनुको साथै मुनाफासहितका सबै सूचांकहरुमा सकारात्मक प्रगति देखिएको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले गत आवमा जीवन बीमा कोषमा झण्डै पाँच अर्ब थप गरी २६ अर्ब ४८ करोड ७७ लाख २० हजार ८८ रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोष जम्मा २१ अर्ब ६१ करोड रुपैयाँको थियो । कम्पनीको जीवन बीमा कोष २२.५७ प्रतिशतले बृद्धि भएको छ । यद्यपि कम्पनीको खुद बीमा शुल्क आम्दानीमा भएको बृद्धिको अनुपातमा जीवन बीमा कोषमा बृद्धि अनुपात भने मिलेको छैन ।

कम्पनीको खुद बीमा शुल्क आयमा २७.८१ प्रतिशतले बृद्धि भएको छ । गत आवको अघिल्लो समीक्षा अवधीमा चार अर्ब ५४ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा गत आवमा पाँच अर्ब ८० करोड ३६ लाख ५१ हजार १३१ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । कम्पनीको खुद दावी भुक्तानी बढेको छ । गत आवको अघिल्लो समीक्षा अवधीमा ५२ करोड पाँच लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले गत आवमा ९०.८१ प्रतिशतले बृद्धि गरी ९९ करोड ३२ लाख ३१ हजार ८७५ रुपैयाँ खूद दावी भुक्तानी गरेको छ ।

कम्पनीको लगानीबाट हुने आयमा बृद्धि भएको छ । गत आवमा एक अर्ब करोड ७५ करोड ८९ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा ३१.८१ प्रतिशतले बृद्धि गरी दुई अर्ब ३१ करोड ८५ लाख १० हजार १६३ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च ३१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवमा ८२ करोड ५३ लाख ६९ हजार १५९ रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ । गत आवको अघिल्लो समीक्षा अवधीमा कम्पनीले जम्मा ६२ करोड ६८ लाख रुपैयाँ खर्च गरेकोमा गत आवमा बृद्धि भएको हो । व्यवस्थापन खर्च बृद्धि हुँदा जीवन बीमा कोष र मुनाफा केही प्रभावित भएको देखिएको छ ।

कम्पनीले अभिकर्तालाई कमिशन बापत ७१ करोड १३ लाख छ हजार ३११ रुपैयाँ वितरण गरेको छ । अघिल्लो आवको तुलनामा अभिकर्ता कमिशन ४१.२९ प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीको खुद नाफा २५ करोड ४३ लाख ४२ हजार ३४२ रुपैयाँ छ, जुन अघिल्लो समीक्षा अवधीको ३९.८५ प्रतिशतले बढि हो । गत आवमा कम्पनीले जम्मा १८ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आम्दानी गरेको थियो । यद्यपि कम्पनीका दुवै मुनाफाको लेखा परिक्षण नभएकोले बीमाङ्कीय मूल्याङ्कनको क्रममा तलमाथि पर्न सक्नेछ ।

समीक्षा अवधीमा कम्पनीमा हालसम्म कायम बीमा पोलिसीको संख्या ११.८१ प्रतिशतले बृद्धि भएको छ । सो कम्पनीको पछिल्लो तथ्याङ्क अनुसार तीन लाख २५ हजार ६१ वटा जीवन बीमा पोलिसी कायम छ । अघिल्लो आवमा दुई लाख ९० हजार ७२३ वटा पोलिसी कायम रहेका थिए ।

कम्पनीको भुक्तानी हुन बाँकी दावी भुक्तानी चार करोड ८० लाख ४३ हजार रुपैयाँ । कम्पनीले कूल बीमा शुल्क पाँच अर्ब ९१ करोड ७० लाख ९७ हजार रुपैयाँ संकलन गरेको छ ।
कूल चुक्ता पुँजि दुई अर्ब एक करोड सात लाख ६० हजार ७२७ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १२.६५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४९.२४ रुपैयाँ, पिई अनुपात १०६.५७ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १५२३ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*