पाँच लाख ४० हजार जनाले पाए सानिमा लाइफको आईपिओ, ५४ लाख कित्ता शेयर २३ लाख ०८ हजार १२२ जनालाई बाँडफाँड

३० श्रावण २०७८, शनिबार १२:५८

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको ६० लाख कित्ता आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । आईपिओ बाँडफाँड सम्पन्न भएपनि गोलाप्रथा अनुसारको अन्तिम नतिजा भने आउन बाँकी छ । नतिजा केहीबेरमा हेर्न सकिने प्रभु क्यापिटलले जनाएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले यही साउन २० गते देखि २४ गतेसम्म सार्वजनिक निष्काशन गरेको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओमा देशैभरिबाट २४ लाख १९ हजार ८४८ जनाले कूल तीन करोड ६९ लाख ५१ हजार ८० कित्ताको लागि आवेदन दिएका थिए । ठूलो मात्रामा आईपिओमा आवेदन परेपछि न्यूनतम् १० कित्ताका दरले भागबण्डा गर्दा समेत सबैले पाउने अवस्था रहेन । त्यसैले आज विहान ११ः०० बजे सानिमा लाइफको दरवारमार्गस्थित केन्द्रीय कार्यालयमा गोलाप्रथाको माध्यमबाट आईपिओ बाँडफाँड गरिएको छ ।

कूल ६० लाख कित्ता मध्ये कर्मचारीका लागि पाँच प्रतिशत र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत गरी कूल १० प्रतिशत छुट्टाएर ५४ लाख कित्ता आईपिओ सर्वसाधारणलाई वितरण गर्ने कम्पनीले जनाएको थियो । सोही व्यवस्था बमोजिम कम्पनीले आईपिओ बाँडफाँड गरेको हो । कम्पनीले गोलाप्रथाको माध्यमबाट पाँच लाख ४० हजार जनालाई न्यूनतम १० कित्ताको दरले आईपिओ बाँडफाँड गरेको छ ।

प्रभु क्यापिटलका अनुसार कूल आवेदक २४ लाख मध्ये एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएको छ । सो मध्ये दोहोरो आवेदन दिने पाँच हजार ४३४ जनाको आवेदन गोलाप्रथामा सहभागी नगराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कूल योग्य आवेदकको संख्या २३ लाख ८ हजार १२२ जना मध्येबाट गोलाप्रथा गरी उक्त आईपिओ बाँडफाँड गरिएको हो ।

सानिमा लाइफको आईपिओमा योग्य आवेदक १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ । त्यस्तै कूल आवेदक मध्ये १८ लाख ७९ हजार ८४८ जनाको हात खाली भएको छ ।

One thought on “पाँच लाख ४० हजार जनाले पाए सानिमा लाइफको आईपिओ, ५४ लाख कित्ता शेयर २३ लाख ०८ हजार १२२ जनालाई बाँडफाँड

  1. ram narayan mahato says:

    Boi ko last no. 2 Ho ki ke ho ?
    gola prath ma 0 no. kin rakh
    dain?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*